११ चैत्र २०८१, मंगलवार
ताजा खबर

विदेश जान श्रम स्वीकृति लिने साढे तीन लाख बढी भए

नागरिक पोष्ट

सोमबार, १५ माघ २०८०

16304 views

16304 views

विदेश जान श्रम स्वीकृति लिने साढे तीन लाख बढी भए

काठमाडौँ । चालु आर्थिक वर्षको पुससम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख ४३ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा यो ७१ हजारले कम हो ।

विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीका अनुसार गत आवको सोही अवधिमा चार लाख १४ हजार जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।

चालु आवको पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको देखिए पनि साउन, भदौको तुलनामा मङ्सिर र पुसमा भने बढेको विभागको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?