९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

रिलायन्स स्पिनिङको ‘कटअफ’ मूल्य ९१२ रुपैयाँ, सर्वसाधारणलाई प्रति कित्ता कति ?

नागरिक पोष्ट

सोमबार, १५ माघ २०८०

9045 views

9045 views

रिलायन्स स्पिनिङको ‘कटअफ’ मूल्य ९१२ रुपैयाँ, सर्वसाधारणलाई प्रति कित्ता कति ?

काठमाडौं । बुक बिल्डिङबाट खुलेको रिलायन्स स्पिनिङको प्राथमिक सेयर (आईपीओ)मा संस्थागत लगानीकर्ताले दिएको बोलपत्र आवेदन खोलिएको छ  ।

नेपाल स्टक एक्स्चेन्ज स्रोतका अनुसार प्रतिकित्ता ९१२ रुपैयाँका दरले संस्थागत लगानीकर्ताले दिएको मूल्यले नै सम्पूर्ण सेयर कभर हुने भएपछि कटअफ मूल्य ९१२ रुपैयाँ हुने भएको छ ।

बुक बिल्डिङमा कटअफ मूल्यको १० प्रतिशत घटाएर सर्वसाधारणका लागि सेयर जारी गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार सर्वसाधारणलाई यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?