९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

भक्तपुर क्याम्पस प्रमुखमाथि नगर प्रहरीको हातपात, क्याम्पसको पर्खाल देखि गेट सम्म तोडफोड

नागरिक पोष्ट

शुक्रबार, ९ कार्तिक २०८१

86 views

86 views

भक्तपुर क्याम्पस प्रमुखमाथि नगर प्रहरीको हातपात, क्याम्पसको पर्खाल देखि गेट सम्म तोडफोड

भक्तपुर । भक्तपुर क्याम्पसको मुलगेट तथा उत्तर तर्फको करिब १५० मिटर पर्खाल भक्तपुर नगरपालिकाले भत्काइदिएपछि क्याम्पसको असुरक्षा भएको छ । 

त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस भक्तपुर क्याम्पसको नाममा रहेको जग्गा नै नगरपालिकाले आफ्नो भएको भन्दै क्याम्पसले अनानिग्रित रूपमा पर्खाल र गेट निर्माण गरेको भन्दै भत्काएको हो । 

जबकि उक्त पर्खाल र गेट २०३२ साल देखि नै क्याम्पस हातामा हरेको क्याम्पस प्रशासनले जनाएको छ । 

भक्तपुर क्याम्पसको उत्तर तर्फ रहेको भाजु पोखरीको डिल भागको खेत भक्तपुर क्याम्पसको नाममा पुर्जा रहेको भएता पनि नगरपालिकाले भने उक्त जमिन पोखरीको नै भएको भन्दै भक्तपुर क्याम्पस बिदाको समयमा एक्कासि डोजर ल्याएर क्याम्पसमा भएका शिक्षक विद्यार्थीलाई हातपात गर्दै डोजर लगाएर पर्खाल बास्केटबल कोर्ट मुल गेट पानी तान्ने मेसिन भएको भवन लगायत पार्किङ एरिया तथा शौचालय भत्काइदिएको हो । 

नगरपालिकाले पोखरीको डिल सार्वजनिक जग्गा भन्दै आएको भक्तपुर नगरपालिका वडा नम्बर १७ क को कित्ता नम्बर  २४२ को क्षेत्रफल ५ रोपनी ६ आना जग्गा २०३३ साल १० महिना २० गते नै भक्तपुर क्याम्पसको नाममा दर्ता भएर आएको मालपोत कार्यालय भक्तपुरले जनाएको छ । मालपोत कार्यालय भक्तपुरका अनुसार उक्त जग्गाको किसिम धनहर अव्वल खेत रहेको र उक्त कित्ता एकलौटी रूपमा भक्तपुर क्याम्पसको नाममा तत्कालीन समयमा दर्ता भएको आएको हो । पोखरीको डिल भागमा रहेको भए पनि उक्त जग्गा पोखरीको भने नभएको कार्यालयले जानकारी दिएको छ । 

यता भक्तपुर नगरपालिकाले भने उक्त जग्गा भक्तपुर क्याम्पसले दर्ता गरेर लगेको यो पोखरी नै भएको भन्दै आएको छ । 

भक्तपुर क्याम्पसको नाममा रहेको जग्गामा बाटो खोल्ने नाममा भक्तपुर नगरपालिकाले क्याम्पस सँग कुनै पनि समन्वय नै नगरी उपभोक्ता समिति समेत बनाई सकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार लक्ष्मी नारायण राजलवटको अध्यक्षतामा बाटो खोल्नको लागि उपभोक्ता समिति समेत बनेको छ । तर उक्त समितिको विषयमा भने आफूहरूलाई केही थाहा नभएको भक्तपुर क्याम्पसकी प्रमुख कविता लुईटेलले बताउनुभएको छ । 

क्याम्पसमा हामी मात्र थियौँ नगरपालिकाले एक्कासि सयौँ मानिस कर्मचारी र नगर प्रहरी सहित दुई डोजर ल्याएर क्याम्पसको उत्तर पश्चिमबाट डोजर लगाउन थाल्यो कुनै पत्र तथा समन्वय विना किन खन्न लाग्नुभएको र पर्खाल तथा तार बार भत्काउनुभएको भनी हामीले विरोध गर्दा तपाई यहाँ बस्ने हैन हट्नु भनेर नगर प्रहरीहरूले बल जफत आफूलाई कुर्सीसहित नै उचालेर हटाइ बल जफत रूपमा क्याम्पसको पर्खाल विभिन्न संरचना गेट नै भत्काइदिएको बताउनुभयो । अव क्याम्पसमा न कतै बार छ न गेट छ क्याम्पस बिदा पनि छ यो समयमा भक्तपुर क्याम्पसमा चोरी भयो भने के गर्ने सिसि क्यामेरा समेत नगरपालिकाले उखालिदिएको छ । खानेपानीको स्रोत तथा पानी तान्ने मेसिन घर समेत भत्काइदिएको छ अव क्याम्पस खोल्ने बित्तिकै कसरी पानीको जोह गर्ने यस्ता विषयमा अन्योल भएको उहाँले बताउनुभयो । 

नगरपालिका र क्याम्पस दुवै सार्वजनिक संस्था हुन र एक आपसमा समन्वय भएर नै काम गर्नु पर्नेमा नगरपालिकाले डन पारामा आएर पर्खाल र मेन गेट भत्काउनु लाजमर्दो कुरा भएको भक्तपुर क्याम्पसका स्ववीयू सभापति पुकार पराजुुलिले बताउनुभयो । उहाँहरूले यस्तो डन पारामा क्याम्पसको संरचना भत्काउनुभनेको नगरपालिका केटाकेटीले चलाए जस्तो भयो दूरगामी सोच भएकाहरूले नगरपालिका चलाउँदा रहेनछन् । हामीले एक्कासि पर्खाल र गेट भत्काउँदा हुन सक्ने समस्याका विषयमा नगरपालिकाका प्रमुखलाई फोन गर्दा उहाँले फोन सम्म उठाउनुभएन क्याम्पस बाट गएका कुनै पनि फोन नगरपालिकाका कसैले पनि उठाएनन् अहिले पर्खाल भत्काइएको छ गेट तोडफोड भएको छ पर्खालमा सुरक्षाका लागि लगाएको तार तथा बारमा प्रयोग भएको फलाम यत्र तत्र छरिएको छ नगरपालिकाले भत्कायो अनि भाग्यो यस्तो पारा पनि हुन्छ त यो त सरासर हेपाहा प्रवित्ती भएको उहाँले बताउनुभयो । 

यस विषयमा भक्तपुर नगरपालिकासँग बुझ्दा नगरपालिकाले भने पोखरीको डिल क्याम्पसको नाममा भएको भए पनि यो पोखरीको नै हो यो कुनै पनि हालतमा हामी क्याम्पसको हुन दिँदैनौ र क्याम्पसका पुराना संरचना पनि अहिले सम्म नक्सा पास भएका छैनन् यस विषयमा हामी बोलेका छैनौँ र पर्खाल र गेट २०३२ साल अगाडी नै बनेको भए पनि यो पनि नक्सा पास नभएको नगरपालिकाको भनाई रहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?