९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

सेयर बजारमा सामान्य गिरावट, लगानीकर्ताको आकर्षण बैंकमा

नागरिक पोष्ट

बिहीबार, ११ माघ २०८०

9725 views

9725 views

सेयर बजारमा सामान्य गिरावट, लगानीकर्ताको आकर्षण बैंकमा

काठमाडौं । सेयर बजार सामान्य गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ३।९४ अंकले घटेर परिसूचक २०८४।०९ बिन्दु कायम भएको छ ।


कारोबारमा ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको सेयर मूल्य घटेको छ । ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४५० रुपैयाँको सेयर किनबेच भएको छ ।


कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे भएका छन् । कारोबारमा लगानकिर्ताको आकर्षण बैंकमा देखिएको छ । बैंकिङ समूहको उपसूचक २।२६, विकास बैंक ५।९५, वित्त २।६५ र ट्रेडिङ समूहको उपसूचक १४।६५ अंकले बढेको छ ।

कारोबारमा होटल ५८।८३, जीवन बिमा ४५।९०, उत्पादन तथा प्रशोधन समूहको ५।६०, माइक्रोफाइनान्स १८।३९, निर्जीबन बिमा समूहको उपसूचक ४७।३३ अंकले घटेको छ ।

कारोबारमा सामलिंग पावर कम्पनी, मिड सोलु हाईड्रोपावर, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, नेपाल हाईड्रो डेभलोपरका लगानीकर्ताले कमाएका छन् भने धौलागिरी लघुवित्त वित्तीय संस्था, माहुली लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबारमा रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको २८ करोड ६७ लाख २६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा ङादी ग्रुप पावर कम्पनी, अरुण काबेली पावर कम्पनी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?