७ कार्तिक २०८१, बुधबार

ताजा खबर

यस साता २३४.४३ अंकले बढ्याे नेप्से, १ खर्ब २८ अर्ब काराेबार

नागरिक पोष्ट

शनिबार, १ भाद्र २०८१

2432 views

2432 views

यस साता २३४.४३ अंकले बढ्याे नेप्से, १ खर्ब २८ अर्ब काराेबार

काठमाडाैं । पछिल्लाे समय नेपाली सेयर बजारमा उत्साह छाएकाे छ । यस साता सेयर बजार मापक नेप्से परिसूचक २३४ दशमलव ४३ अंकले बढेकाे छ ।

एक सातामा ८ दशमलव ४७ प्रतिशत बढेर ३ हजार दशमलव ८१ विन्दुमा पुगेको हो जुन तिन वर्ष यताकै उच्च बिन्दु हाे।  यसअघि २०७८ भदौ १३ गते नेप्से परिसूचक ३०४५ विन्दुमा थियो।

यो साता पाँच कारोबार दिनमध्ये पहिलो दिन बजार ९४ दशमलव ४६ अंक र दोस्रो दिन ७० दशमलव ८१ अंकले बढेको बजार तेस्रो दिन भने ल ८ दशमलव १८ अंक घटेको थियाे । यस्तै चौथो दिन ३४ दशमलव २९ अंक बढेको बजार अन्तिम कारोबार दिन ४३ दशमलव शून्य ५ अंक बढेर बन्द भएको छ ।

नेप्से परिसूचक सँगै याे साता सेयर काराेबार रकमले पनि नयाँ रेकर्ड कायम गरेकाे छ । यस साता १ खर्ब २७ अर्ब ९२ करोड ५५ लाख रुपैयाँभन्दा बढीको २९ करोड ८१ लाख ७३ हजार कित्ता धितोपत्र कारोबार भएको छ ।गत साता ८३ अर्ब ६० करोड ३० लाख रुपैयाँभन्दा बढीको १९ करोड २६ लाख ६ हजार कित्ता धितोपत्र कारोबार भएको थियो ।

यस साताकाे अन्तिम काराेबार दिन बिहिबार ६ करोड ८९ लाख ८ हजार ३४६ कित्ता सेयर २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रूपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?