९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

फाईनान्स कम्पनीहरुको वित्तीय अवस्था खस्कियो, कुनको अवस्था कस्तो छ ?

नागरिक पोष्ट

मंगलवार, ९ माघ २०८०

9164 views

9164 views

फाईनान्स कम्पनीहरुको वित्तीय अवस्था खस्कियो, कुनको अवस्था कस्तो छ ?

काठमाडौं । फाईनान्स कम्पनीहरुको वित्तीय अवस्था झन् झन् खस्किंदै गएको देखिएको छ । सञ्चालनमा रहेका १७ वटा फाईनान्स कम्पनीहरु मध्ये हालसम्म १५ वटा फाईनान्स कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा अधिकांश फाईनान्सको खुद मुनाफा घटेको छ भने झण्डै आधा दर्जन फाईनान्सहरु खुद नोक्सानीमा गएका छन् ।
अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको दोस्रो त्रैमासमा रिलायन्स, प्रोगेसिभ, गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङ, समृद्धि र सेन्ट्रल फाईनान्सले खुद नोक्सानी बेहोरेका छन् । यि फाईनान्सहरुले पछिल्लो अवधिमा क्रमश पाँच करोड ४७ लाख ६५ हजार, १० करोड ५७ लाख ५० हजार, छ करोड ७० लाख ३० हजार, दुई करोड १३ लाख ४५ हजार र चार करोड ७५ लाख ४६ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेका छन् ।
चालु आवको दोस्रो त्रैमासमा जानकी फाईनान्सले १९ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।  बेष्ट, मञ्जुश्री र गोर्खाज फाईनान्सले भने चालु आवको पछिल्लो अवधिमा क्रमशः एक करोड आठ लाख ४७ हजार, १० करोड ५४ लाख ७१ हजार र १२ करोड १६ लाख पाँच हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

मल्टिपर्पस, गुडविल र आईसीएफसी फाईनान्सले भने चालु आवको पछिल्लो अवधिमा क्रमशस् एक करोड १२ लाख ४९ हजार, दुई करोड २८ लाख ८५ हजार र पाँच करोड ३२ लाख २२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

 पोखरा, नेपाल फाईनान्स र श्री इन्भेष्टमेन्ट फाईनान्सले भने पछिल्लो अवधिमा क्रमशस् दुई करोड ९० लाख ५४ हजार, आठ लाख १२ हजार र दुई करोड ५६ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी फाईनान्सहरुको यस्तो नाफा क्रमशः तीन करोड ५५ लाख ७५ हजार, ४७ लाख ३१ हजार र दुई करोड सात लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?