६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

अफ्रिकन कपबाट बाहिरियो घाना

नागरिक पोष्ट

मंगलवार, ९ माघ २०८०

5951 views

5951 views

अफ्रिकन कपबाट बाहिरियो घाना

काठमाडौँ । घाना अफ्रिकन कप अफ नेसन्सबाट बाहिरिएको छ । गएराती सम्पन्न समूह चरणको अन्तिम खेलमा घाना मोजाम्बेकसँग २–२ गोलको बराबरीमा रोकिएपछि घाना प्रतियोगिताबाट बाहिरिएको हो ।

समुह ‘बी’ मा रहेको घाना यो बराबरीपछि ३ खेलबाट २ अंकसहित तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो ।


चार पटक अफ्रिकन कप जितेको घाना यस प्रतियोगितामा पहिलो खेलमा केप भेर्डेसँग २–१ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा इजिप्टसँग बराबरीमा रोकिएको थियो ।

अफ्रिकन कपमा समूह ‘ए’ बाट इक्वेटोरियल गिनी र नाइजेरिया तथा केप भेर्डे र इजिप्ट दोस्रो चरणमा पुगेका छन् ।


तेस्रो स्थानमा रहेका शीर्ष चार देश दोस्रो चरणमा पुग्ने छन् । आयोजक आइभरी कोष्ट समूह ‘ए’ बाट ३ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ भने दोस्रो चरणमा पुग्ने सम्भावना जीवितै छ ।

त्यस्तै, समूह ‘ए’ बाट गिनी बिसाउ तथा समूह ‘बी’ बाट घाना र मोजाम्बेक प्रतियोगिताबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?