९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

बैंकहरूको नाफा १० प्रतिशत घट्यो, वितरणयोग्य नाफा १७ अर्ब ऋणात्मक

नागरिक पोष्ट

सोमबार, ८ माघ २०८०

9980 views

9980 views

बैंकहरूको नाफा १० प्रतिशत घट्यो, वितरणयोग्य नाफा १७ अर्ब ऋणात्मक

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा बैंकहरूको खुद नाफा घटेको छ । बैंकहरूको खराब कर्जा वृद्धि र ब्याज आम्दानी घटेका कारण पुस मसान्तमा बैंकहरूको नाफा १० प्रतिशत घटेको हो ।
पुस मसान्तसम्म बैंकहरूले २८ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा गरेका छन् । गत वर्षको पुसमा बैंकहरूले ३१ अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएका थिए । गत वर्षको तुलनामा यस वर्ष बैंकहरूको नाफा ९।९४ प्रतिशत अर्थात् ३ अर्ब १७ करोड रुपैयाँ घटेको हो ।
बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुस मसान्तसम्म वितरणयोग्य नाफा १२ वाणिज्य बैंकको ऋणात्मक छ भने ७ बैंकको घटेको छ । 
पुस मसान्तसम्म १२ वाणिज्य बैंकको वितरणयोग्य नाफा करिब १७ अर्ब रुपैयाँले ऋणात्मक रहेको छ । बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा १२ वाणिज्य बैंकको १६ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

यस अवधिमा हिमालयनको ४ अर्ब ५२ करोड रुपैयाँ, कुमारीको ३ अर्ब ७७ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ अर्ब ९५ करोड रुपैयाँ, प्रभु बैंकको १ अर्ब ८६ करोड रुपैयाँ, एनएमबि बैंकको ९९ करोड ४८ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।
हिमालयन बैंकको ५७.५३ प्रतिशत बढेर १ अर्ब ५० करोड रुपैयाँ, प्राइम बैंकको ३२.१३ प्रतिशत बढेर २ अर्ब १८ करोड रुपैयाँ र एभरेष्ट बैंकको ७.८८ प्रतिशत बढेर १ अर्ब ७१ करोड रुपैयाँ नाफा गरेका छन् ।

यस अवधिमा बसैभन्दा धेरै नाफा नेपाल बैंकको घटेको छ । नेपाल बैंकको ४९.६० प्रतिशत घटेर ५९ करोड रुपैयाँ नाफा गरेको छ भने कृषि विकास बैंकको नाफा धनात्मक छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.५५ प्रतिशत घटेर १ अर्ब ७२ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १.६६ प्रतिशत घटेर १ अर्ब ५ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २.१५ प्रतिशत घटेर १ अर्ब १३ करोड रुपैयाँ, नबिल बैंकको ६.२७ प्रतिशत घटेर ३ अर्ब २० करोड रुपैयाँ, सिटिजन्स बैंकको ६.५९ प्रतिशत घटेर ७८ करोड २७ लाख रुपैयाँ नाफा गरेका छन् ।

यस्तै, सानिमा बैंकको ११.४१ प्रतिशत घटेर १ अर्ब १३ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १३.६२ प्रतिशत घटेर १ अर्ब ८० करोड रुपैयाँ, कुमारी बैंकको १४.३१ प्रतिशत घटेर ८६ करोड ७२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको २१.४६ प्रतिशत घटेर ८० करोड ५३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २५.६८ प्रतिशत घटेर २ अर्ब १ करोड रुपैयाँ नाफा गरेका हुन् ।

यस्तै, ग्लोबल आइएमई बैंकको २६.५६ प्रतिशत घटेर २ अर्ब ४ करोड रुपैयाँ, एनएमबि बैंकको २७.६२ प्रतिशत घटेर १ अर्ब ३७ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको २८.६२ प्रतिशत घटेर ८४ करोड ५ लाख रुपैयाँ, प्रभु बैंकको ३९.९६ प्रतिशत घटेर ७२ करोड ३ लाख रुपैयाँ, नआइसी एशिया बैंकको ४१.८३ प्रतिशत घटेर १ अर्ब ९० करोड रुपैयाँ नाफा गरेका हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?