९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

सेयर बजार : परिसुचक २१ सय ५५ बिन्दुमा, ३१ अर्ब भन्दा बढीको कारोबार

नागरिक पोष्ट

शनिबार, ६ माघ २०८०

7957 views

7957 views

सेयर बजार :  परिसुचक २१ सय ५५ बिन्दुमा, ३१ अर्ब भन्दा बढीको कारोबार

काठमाडौं । यो साता सेयर बजारमा कारोबार रकमले नयाँ रेर्कड कायम गरेको छ । सातामा चार कार्य दिन मात्र खुल्ला रहेको नेप्से दुई कार्य दिन उच्च अंकले बढेर नेप्सेले २१ सय ५५ दशमलव ८२ अंकको नयाँ उचाई कायम गरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्सले पनि तीन सय ९३ दशमलव ६२ अंकको नयाँ उचाई कायम गरेको छ ।
धितोपत्र बजारमा यो साता तीन सय १४ वटा कम्पनीहरुको सात लाख ४२ हजार ८१ पटक सेयर किनबेच भएको छ । जसबाट नौं करोड ४६ लाख २६ हजार सात सय ६५ कित्ता शेयर खरिद–बिक्री हुुँदा सातामा ३१ अर्ब ४१ करोड ८२ लाख ४० हजार तीन सय ६४ रुपैंयाँ २७ पैसाको सेयर किनबेच हुन पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै छ अर्ब रुपैंयाँले बढी हो । गत साता धितोपत्र बजारमा २५ अर्ब ४७ करोड ७५ लाख ६३ हजार दुई सय १९ रुपैंयाँ ४५ पैसाको सेयर किनबेच भएको थियो । उक्त साता तीन सय नौं वटा कम्पनीहरुको चार लाख ७४ हजार सात सय ६६ पटकको कारोबारमा आठ करोड २५ लाख ३७ हजार नौं सय ५१ कित्ता शेयर खरिद–बिक्री हुँदा उक्त परिमाणमा रकम कारोबार भएको हो ।

यो साता पहिलो दिन ३१ दशमलव ६२ अंकले बढेर २१ सय २० दशमलव ६२ अंकमा पुग्न सफल भएको नेप्से तेस्रो दिन ५४ दशमलव ५४ अंकले बढेर २१ सय ७५ दशमलव १७ बिन्दुको उचाईमा पुगेको थियो । चौंथो दिन १२ दशमलव १० अंकले घटेर २१ सय ६३ दशमलव छ अंकमा खुम्चिएको नेप्से पाँचौं दिन पुन सात दशमलव २४ अंकले घटेर २१ सय ५५ दशमलव ८२ अंकमा सिमित हुन पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?