९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

माछापुच्छ्रे बैंकको नाफा घट्यो, खराब कर्जामा बृद्धी

नागरिक पोष्ट

शुक्रबार, ५ माघ २०८०

10473 views

10473 views

माछापुच्छ्रे बैंकको नाफा घट्यो, खराब कर्जामा बृद्धी

काठमाडौं – माछापुच्छ्रे बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्थाले पुस मसन्तसम्म बैंकको नाफा २१।४५ प्रतिशतले घटेको जनाएको छ ।

हाल बैंकको नाफा ८० करोड ५३ लाख ८० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब २ करोड ५२ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ । खुद ब्याज आम्दानी ५।५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ७४ लाख ९७ हजार रुपैयाँमा रहेको छ । यस्तै सञ्चालन नाफा १३।१९ प्रतिशतले घटेर १ अर्ब २७ करोड ९२ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा २४ करोड ६९ लाख ८६ हजार रुपैयाँ ऋणात्मक रहेको जनाएको छ । ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ४४ करोड २७ लाख १८ हजार रुपैयाँ रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?