९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

रिलायन्स स्पिनिङले बुक बिल्डिङबाट आईपीओ जारी गर्ने

नागरिक पोष्ट

मंगलवार, २ माघ २०८०

8212 views

8212 views

रिलायन्स स्पिनिङले बुक बिल्डिङबाट आईपीओ जारी गर्ने

काठमाडौं । बुक बिल्डिङ विधिबाट रिलायन्स स्पिनिङ मिल्सले माघ १० गतेदेखि आईपीओ जारी गर्ने भएको छ । बिक्री प्रबन्धक ग्लाेबल आईएमई क्यापिटलले सार्वजनिक सूचना जारी गर्दै पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि १० गतेदेखि आईपीओ जारी गर्न लागिएको जनाएको छ ।

कम्पनीले पहिलो चरणमा ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बिक्री गर्ने भएको हो ।

पहिलो चरणमा संस्थागत लगानीकर्ताले माघ १४ गतेसम्म नेपाल स्टक एक्स्चेन्जमा बोलकबोल आवेदन दिनेछन् । संस्थागत लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि अधिकतम मूल्य ९१२ रुपैयाँसम्मका लागि बोलकबोल गर्नेछन् । सोही बोलकबोलका आधारमा कटअफ मूल्य तय हुनेछ । कटअफ मूल्यको १० प्रतिशत न्यूनतम मूल्यमा सर्वसाधारणलाई सेयर जारी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?