९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

शेयर बजारमा उछाल, २१२ कम्पनीको शेयर मुल्य बढ्यो

नागरिक पोष्ट

आईतवार, २९ पुष २०८०

7430 views

7430 views

शेयर बजारमा उछाल, २१२ कम्पनीको शेयर मुल्य बढ्यो

काठमाडौं । नेप्से परिसूचक ३१.६२ अंकले बढेर  २१२०.६२ विन्दुमा पुगेको छ । आइतबार १ करोड ६६ लाख ५ हजार २३४ कित्ता सेयर ५ अर्ब ४५ करोड ४ लाख रुपैयाँको हाराहारीमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

१२ कम्पनीको सेयरमा सर्किट स्तरको कारोबार भएको छ । ३१४ कम्पनीमध्ये २१२ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ३३ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।
आइतबार सबैभन्दा बढी जलविद्युत कम्पनीका सेयर ४.५८ प्रतिशत, माइक्रोफाइनान्स १.९६, फाइनान्स १.५५ र अन्य २.७७ प्रतिशतले बढेको छ ।

कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अगाडि रह्यो । उक्त कम्पनीको संस्थापक सेयर ३५ करोड ६८ लाखको कारोबार भएको छ । दोस्रोमा रहेको सोनापुर मिनरल्सको २४ करोड, तेस्रोमा हाथवे इन्भेस्टमेन्टको ११ करोड ८३ लाखको कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको ११ करोड १४ लाख र अरुण काबेली पावरको ११ करोडको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?