१२ चैत्र २०८१, बुधबार
ताजा खबर

नेप्से दोहोरो अंकले वृद्धि,४ अर्ब ६७ करोडको कारोबार

नागरिक पोष्ट

सोमबार, २३ पुष २०८०

11085 views

11085 views

नेप्से दोहोरो अंकले वृद्धि,४ अर्ब ६७ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३६।५७ अंकले बढेर दुई हजार ५९ दशमलव ४९ विन्दुमा बन्द भएको हो ।                               

त्यस्तै, आज ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएकामध्ये २१२ कम्पनीको शेयरमूल्य बढेको छ भने २९ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।             

बमक
नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले बढेको छ । त्यस्तै, आज ११ कम्पनीको शेयरमूल्यमा ९ प्रतिशतको वृद्धि भएको छ भने तीन कम्पनीको शेयरमूल्यमा ८ प्रतिशतको वृद्धि भएको छ ।  

त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ५।४६ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस कम्पनीको २१ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?