१५ चैत्र २०८१, शनिबार
ताजा खबर

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि पठाइयो सेनाको हेलिकोप्टर

नागरिक पोष्ट

बुधबार, १२ चैत्र २०८१

749 views

749 views

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि पठाइयो सेनाको हेलिकोप्टर

इटहरी ।इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा बुधबार बिहानदेखि आगो लागेको छ । सेन्टर प्लाजा नामले परिचित उक्त भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर निकाल्दै आगो निभाउने काम भइरहेको छ ।

भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्य भइरहेको छ । भवनभित्र फसेका मानिसहरू उद्धारको पर्खाइमा रहेको प्रहरीले जनाएको छ ।


आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् ।

बिहान करिब ९ः३० बजे भवनको पाँचौँ तलामा आगो लागेपछि ग्यासका सिलिण्डर पड्केको थियो। फसेका मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याउने काम भइरहेको अवस्था छ ।


आगलागीपछि उद्धारमा समस्या भएपछि नेपाली सेनाको हेलिकोप्टर काठमाडौंबाट त्यसतर्फ पठाइएको गृहमन्त्रालयले जनाएको छ ।

उक्त आगो निभाउन इटहरी, धरान र आसपासका नगरका वारुण यन्त्र प्रयोग भए पनि बढी उचाइका कारण नियन्त्रणमा लिन मुस्किल भएको छ। यो भवनमा क्युएफएक्स सिनेमाहल, बरण्डा होटल लगायत सुविधायुक्त पसल सञ्चालनमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?