१७ चैत्र २०८१, सोमबार
ताजा खबर

भाटभटेनीमा भएको लुटपाट नियोजित हो : मीनबहादुर गुरुङ

नागरिक पोष्ट

शनिबार, १५ चैत्र २०८१

681 views

681 views

भाटभटेनीमा भएको लुटपाट नियोजित हो : मीनबहादुर गुरुङ

काठमाडौं। भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले नियोजित ढंगले राजावादीबाट आक्रमण भएको बताएका छन् । कोटेश्वरस्थित भाटभटेनीमा शुक्रबार राजावादी समूहले लुटपाट गरेपछि उनले नियोजित ढंगले आक्रमण भएको प्रतिक्रिया दिएका हुन् । 

‘म व्यवसायी भए पनि राजनीतिमा ०३५–३६ सालदेखि नै हामीलाई ज्ञान छ । यस्तो घटना मैले जीवनमा देखेको थिएन,’ गुरुङले भनेका छन्, ‘प्राइभेट सेक्टरको व्यवसायीलाई आक्रमण गर्नु भनेको बहुत दुःखद् हो । यो घटना नियोजित हो । कान्तिपुर, अन्नपूर्ण, भाटभटेनीलाई आक्रमण गर्नु भनेको नियोजित नै हो ।’ उनले राजावादीहरू गलत बाटोमा गएको पनि टिप्पणी गरे । ‘नहुने काम गरे । गलत बाटो गए । यो मिडिया हाउसको तोडफोड, व्यवसायीको तोडफोड गरेर गलत काम भयो । बिल्कुल गलत काम भयो,’ सञ्चालक गुरुङले भने । 

उनले क्षतिको विवरण संकलन भइरहेको भन्दै आन्दोलनकारीले भाटभटेनीबाट ठूलो संख्यामा मोबाइल, घडी, मदिरा आदि लगेको बताए । ‘सिसाहरू पूरै फुटेको छ, त्यसको इन्जिनियरहरूले हिसाब गर्दैछन्,’ गुरुङले भने, ‘बाहिर भएको धेरै सामान लुटपाट गरे । मोबाइलहरू धेरै लगे । घडीहरू सबै लगे । बियर, ह्विस्की धेरै लगे । यो नहुने काम भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?