१५ चैत्र २०८१, शनिबार
ताजा खबर

विभोले बोआओ फोरम २०२५ मा रोबोटिक्स ल्याब घोषणा गर्दै पहिलो मिश्रित वास्तविकता हेडसेट सार्वजनिक गर्यो

नागरिक पोष्ट

बुधबार, १२ चैत्र २०८१

2772 views

2772 views

विभोले बोआओ फोरम २०२५ मा रोबोटिक्स ल्याब घोषणा गर्दै पहिलो मिश्रित वास्तविकता हेडसेट सार्वजनिक गर्यो

काठमाडाैं, १३ चैत्र । बोआओ, हाइनानमा आजदेखि बोआओ फोरम फर एसिया वार्षिक सम्मेलन २०२५ सुरु भएको छ। लगातार चौथो वर्ष रणनीतिक साझेदारको रूपमा सहभागिता जनाएको विभो यस पटक पहिलो पटक बोआओ फोरम फर एसियाको बोर्ड अफ डाइरेक्टर्समा पनि समावेश भएको छ। विभोले यस फोरममा आफ्नो अत्याधुनिक प्रविधिहरू प्रस्तुत गर्दै ब्लू टेक्नोलोजी म्याट्रिक्स (BlueImage, BlueLM, BlueOS, BlueChip, BlueVolt), विभो भिजन (vivo MR हेडसेट), ६जी प्रविधि लगायत नवीनतम आविष्कारहरू प्रदर्शन गर्यो। साथै, विभोको आगामी फ्ल्यागशिप स्मार्टफोन vivo X200 Ultra लाई बोआओ फोरम फर एसियाको आधिकारिक स्मार्टफोन को रूपमा मान्यता दिइएको छ।

रोबोटिक्सको भविष्यतर्फ विभोको यात्रा

आज दिउँसो आयोजित “विभो रिलिज मोमेन्ट” सत्रमा विभोका कार्यकारी उपाध्यक्ष तथा सीओओ हु बैशान ले “भविष्य प्रविधिमा मानवता” विषयक मुख्य मन्तव्य राखे। उनले चिनियाँ प्रविधि उद्योगमा विभोको योगदानलाई उजागर गर्दै लामो समयदेखि कम्पनीले पछ्याइरहेको दीर्घकालीन सोच, मानवकेन्द्रित दृष्टिकोण, र सहकार्य जस्ता तीन मुख्य सिद्धान्तहरूबारे चर्चा गरे। विभो अहिले चीनको नम्बर १ स्मार्टफोन ब्रान्ड बनेको छ र ६० भन्दा बढी देश तथा क्षेत्रमा ५० करोडभन्दा बढी प्रयोगकर्ताहरूलाई सेवा दिइरहेको छ।

हु बैशानका अनुसार विगत केही दशकमा मोबाइल फोन उद्योग नयाँ प्रविधि विकास गर्ने “इनक्युबेटर” को रूपमा विकसित भएको छ। अहिले कृत्रिम बुद्धिमत्ता (AI) र रोबोटिक्स डिजिटल तथा भौतिक संसारका उच्चतम प्रविधिहरूको रूपमा अगाडि आएका छन्, तर यी दुईबीचको एकीकरण अझै पूर्ण रूपमा हुन सकेको छैन। मोबाइल फोन उद्योगको विशाल उपभोक्ता आधार, प्रविधिको अगुवाइ, र विविध प्रयोग परिदृश्यहरू मार्फत डिजिटल र भौतिक संसारबीचको खाडललाई पूरै हटाउन सकिन्छ।

विभो रोबोटिक्स ल्याब र मिश्रित वास्तविकता प्रविधि

हु बैशानले विभो रोबोटिक्स ल्याबको स्थापना भएको घोषणा गरे। विभोले आफ्नो ब्लू टेक अनुभव तथा एआई, इमेजिङ र वास्तविक-समय स्थानिय गणन (spatial computing) को ज्ञान प्रयोग गरेर रोबोटहरूको “ब्रेन” (मस्तिष्क) र “आईज” (आँखा) विकास गर्ने योजना बनाएको छ। साथै, विभोले व्यक्तिगत तथा घरायसी प्रयोगका लागि उपभोक्ता केन्द्रित रोबोट उत्पादनमा ध्यान दिनेछ।

बोआओ फोरममा विभो भिजन (vivo Vision) को अनावरणसँगै मिश्रित वास्तविकता प्रविधिमा विभोको यात्राले नयाँ गति लिएको छ। विभोको अर्को प्रमुख स्मार्टफोन vivo X200 Ultra, जुन अर्को महिना सार्वजनिक हुने छ, यसले नवीनतम इमेजिङ प्रविधिहरू समेट्नेछ। भविष्यमा, विभोले घरायसी रोबोटहरूलाई व्यवहारिक रूपमा सम्भव बनाउन उद्योग साझेदारहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?