११ चैत्र २०८१, मंगलवार
ताजा खबर

माछापुच्छ्रे बैंकद्वारा अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना

नागरिक पोष्ट

सोमबार, २३ पुष २०८०

10201 views

10201 views

माछापुच्छ्रे बैंकद्वारा अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना

काठमाडौं । अन्नपूर्ण आधार शिविरमा माछापुच्छ्रे बैंकले वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी र पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो । बैंकका अनुसार उक्त कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिम साथै जोखिम न्यूनीकरणका उपायहरूको बारेमा जानकारी प्रदान गरिएको थियो ।

सो विषयमा उपस्थित होटल व्यवसायी तथा स्थानीयहरू बीच अन्तर्क्रिया कार्यक्रम समेत सञ्चालन गरी नगदको विकल्पमा नवीन र प्रयोग गर्न क्युआर, पीओएस, एनएफसी सेवाको महत्त्व बारे अवगत गराइएको थियो ।

अन्नपूर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटेल तथा रेष्टुरेन्टहरु सञ्चालनमा रहेका बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?