७ कार्तिक २०८१, बुधबार

ताजा खबर

बजारमा दसैँको लहर (फोटो फिचर)

नागरिक पोष्ट

मंगलवार, ३० आश्विन २०८०

4076 views

4076 views

काठमाडौँ ।  दसैँ भित्रिएसँगै काठमाडौँको प्रमुख व्यापारिक थलो असन, नयाँसडक र महाबौद्ध क्षेत्रमा उपभोक्ताको भीडभाड बढेको छ । प्रमुख चाडपर्वको अवसर पारेर व्यवसायीहरूले लुगाफाटामा उल्लेखनीय छुट दिएको जनाएका छन् । यसरी छुट दिएका स्थानमा उपभोक्ताको बाक्लो उपस्थिति देखिन्छ ।

तर खाद्यान्न बजारमा भने मूल्यमा छुटको सुविधा छैन । मानिसको भीड देखिए पनि उल्लेखनीय व्यापार नभएको व्यापारीहरूको गुनासो छ । अनलाइनबाटै सामान खरिदमा उपभोक्ताको रुचि बढ्दै गएपछि बजारमा गएर छनोट गर्ने प्रवृत्ति कम हुँदै गएको हो ।

बजारमा मोलमोलाइ हुने ठगीबाट त्रसित युवा उपभोक्ता अनलाइन मार्फत सामान लिन सहज मान्न थालेका छन् । यद्यपि पसल, पसल चहारेर मोलमोलाइ गरी सामान किन्न रुचाउने उपभोक्ताको कमी छैन । अघिल्लो पुस्ताका मानिनेहरु बजार गएर सामान छनोटमा सोख राख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?