७ कार्तिक २०८१, बुधबार

ताजा खबर

आज असोज ३० गते मंगलबार, यस्तो छ तपाईको राशिफल

नागरिक पोष्ट

मंगलवार, ३० आश्विन २०८०

4115 views

4115 views

हेर्नुहोस् आजको राशिफल । माता मनकामनाले सबैको कल्याण गरुन् ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज धन कमाउने अवसर मिल्ने देखिन्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । भेटघाटले पूर्वार्ध रमाइलो हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आज मन मिल्ने साथी भेटिएपनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला । पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सामान्य आम्दानी भइरहेपनि अर्थ अभावले सताउन सक्छ । 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज अप्ठ्यारा कामको बोझ थपिन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वास गर्दा धोका पाइएला । व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ । सुन्दर पहिरनमा सजिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

आज बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ । मेहनतले धेरै काम बनाउन सकिनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज अध्ययनमा पछि परिने योग भएकाले सावधान रहनुहोला । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला । आज आफ्ना नातेदारहरुसंग झै झगडा पर्न सक्छ । आर्थिक समस्या पनि पर्न सक्छ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला । आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ । तर, आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ । विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

आज काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज स्वास्थ्यमा ध्यान पुर्याउनु होला । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । नसोचेको ठाँउबाट धनमाल आर्जन हुने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । केही नोक्सानी भएपनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आज मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । तारिफ योग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ ।

सबैको दिन सुखद् रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?