७ कार्तिक २०८१, बुधबार

ताजा खबर

प्रथम तारकेश्वर नगर अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता वडा नं ११ ले जित्यो, नगरप्रमुखद्धारा नगद र ट्रफि बितरण

नागरिक पोष्ट

सोमबार, २९ आश्विन २०८०

5212 views

5212 views

रबिन थपलिया । काठमाडौं । प्रथम तारकेश्वर अन्तर वडा स्तरीय फुटलब प्रतियोगिता वडा नं ११ ले जितेको छ । तारकेश्वर नगरपालिकाको सहयोगमा समाज सेवा युवा क्लबको आयोजनामा तारकेश्वर नगरपालिका वडा नं ८ पिपलडाँडा फुटबल खेलमैदानमा हिजो सम्पन्न फाइनल गेममा वडा नं ३ लाई ३ गोल अन्तरले पराजीत गदै वडा नं ११ ले प्रतियोगिता जितेको हो । खचाखच दर्शकको उपस्थीति रहेको प्रतियोगिताको अन्तीम चरणको खेलमा वडा नं ११ ले ४ गोल गर्न सफल भयो भने वडा नं ३ ले एक गोलमा मात्र गर्न सफल भयो ।

प्रतियोगिता बिजेता वडा नं ११ का खेलाडी टिमलाई नगरप्रमुख कृष्ण हरि महर्जले नगद रु ५० हजार, ट्रफि र प्रमाणपत्र प्रदान गर्नुभयो भने प्रतियोगिताको दोश्रो बिजेता वडा नं ३ का खेलाडीहरुलाई नगद रु २५ हजार, ट्रफि र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा सर्वाधीक १२ गोल गर्ने वडा नं ११ का खेलाडी रबिन चौलागाँई , बेष्ट किपर वडा नं ३ का अजय लामीछाने, प्रमोसिङ प्लेयर वडा नं ११ का अभिषेक भण्डारी, बेष्ट स्टाइकर वडा नं ३ का अनिल श्रेष्ठलाई सम्मान गरियो । १६ टिमको प्रतिष्पर्धा रहेको यस प्रतियोगिता असोज १५ देखि असोज २६ गते सम्म सञ्चालन भएको थियो ।

तारकेश्वर नगरपालिका वडा स्तरीय फुटबल प्रतियोगिता। पुरस्कार वितरण तथा समापन समारोह समा नह द्द०ज्ञ० वादलव पिपलडीडा प्रतियोगिताको समापन गर्नुहुंदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले खेलकुद प्रतियोगिताले तारकेश्वर नगरपालिकामा छरिएर रहेका युवाहरु बिचको सहकार्य, समन्वय, आत्मीयता र भाइचाराको बिकास गर्न सहयोग पुगेको बताउनुभयो ।

विकास भनेको पुर्वाधार, स्वास्थ्य, शिक्षा मात्र नभई खेलकुद पनि रहेको बताँउदै नगरप्रमुख महर्जनले तारकेश्वर नगरपालिकाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न लागि परेको बताउनुभयो । निकै जिर्ण रहेको पिपलचौर खेलमैदानमा आफु निर्वाचीत भएर आएसंगै १ करोड बजेट बिनियोजन गरेको बताँउदै नगरप्रमुख महर्जनले खेलकुद क्षेत्रको बिकासका लागि नगरपालिकाले लगानी गर्ने बताउनुभयो । तारकेश्वर नगरपालिकालाई खेलकुदको हब बनाउने लक्ष्य रहेको बताँउदै नगरप्रमुख महर्जनले नगरपालिकाले चाँडैनै खेलकुद समिति गठन गर्न लागीपरेको बताउनुभयो ।

तारकेश्वर नगरपालिका वडा नं ८ का अध्यक्ष श्यामकृष्ण सापकोटाले तारकेश्वर नगरपालिका भित्रका खेलाडीहरुलाई एकिकृत गरेर खेलाडी र खेलको संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । युवाहरु दिन प्रतिदिन लागुऔषधको कुलतमा फसेर जिवन बबार्द गरिरहेको बताँउदै अध्यक्ष सापकोटाले खेलमा उनिहरुलाई आर्कषण गर्न सकेमा उनिहरुको भबिष्य राम्रो हुनुका साथै खेलक्षेत्रमा समेत योग्दान पुग्ने बताउनुभयो ।

२०७९ को निर्वाचन अगाडी सम्म निकै दयनीय रहेको प्रतियोगिता भइरहेको यस चौरलाई तारकेश्वर नगरपालिकासंग सहकार्य गरेर १ करोड रकम बिनियोजन गरेर अहिलेको अवस्था सम्म ल्याउन सफल भएको बताँउदै अध्यक्ष सापकोटाले यस खेल मैदानलाई तारकेश्वर नगरपालिकाकै उत्कृष्ट खेलमैदान बनाउन लागि परेको बताउनुभयो ।

क्लबका उपाध्यक्ष केदार खत्रीले सञ्चालन गरेको कार्यक्रममा प्रतियोगितामा सहयोग गर्ने युवा व्यवसायी एवं समाजसेवी युवराज तिवारी लगायतलाई नगरप्रमुख कृष्ण हरि महर्जनले प्रमाणपत्र सहित सम्मान गर्नुभयो । समाज सेवा युवा क्लबका अध्यक्ष दिनेश कुमार लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रहरी कार्यालय बालाजुका प्रमुख डिएसपी मनोजित कुंवर, वडा नं १ का अध्यक्ष बिदुर सापकोटा, वडा नं २ का अध्यक्ष एवं तारकेश्वर नगरपालिकाका प्रवक्ता वडा नं २ का अध्यक्ष राधाकृष्ण खडगी, वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, वडा नं ७ का अध्यक्ष सानुकाजी खत्री, वडा नं ११ का अध्यक्ष कबिराज बस्नेत, वडा नं २ का वडा सदस्य किशोर भण्डारी, वडा नं ६ का वडा सदस्य रामचन्द्र घिमिरे, वडा नं ११ का वडा सदस्य लिला बराईली, जगन्नाथ घिमिरे, तारकेश्वर नगरपालिकाको न्यायीक समितिका सदस्य एवं वडा नं ११ का वडा सदस्य मिरा थापा, वडा नं ८ का वडा सदस्यहरु मोहन खत्री, महालक्ष्मी काफ्ले, लक्ष्मी परियार लगायतको उपस्थीति रहेको थियो ।

उमाकुम्फु खेलका प्रतिष्ठीत खेलाडी समेत रहनुभएका नगर प्रमुख कृष्ण हरि महर्जनले नगरप्रमुखको रुपमा बिजयी भएसंगै नगरपालिबाट राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने उदेश्य सहित खेलकुदको क्षेत्रमा लगानी गदै आइरहनु भएको छ । तारकेश्वर नगरपालिकाको इतिहाँसमानै पहिलो पटक गतबर्ष राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी भएको तारकेश्वर नगरपालिकाले काठमाण्डौं उपत्यकाका स्थानीय निकायमा दोश्रो पदक जित हाँसील गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?