बुधबार, २४ आश्विन २०८०
7056 views
7056 views
काठमाडौं । मराकेसमा जारी विश्व बैंकको बार्षिक बैठकको सिलसिलामा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गरेका छन् । उक्त बैठकमा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा गहन छलफल भयो ।
उक्त बैठकमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सम्भाव्य परियोजनाहरूको पाइपलाइन विकास गर्न र वित्तीय उपकरणहरू ९विशेष इक्विटी एक्सपोजरमा० विविधीकरण गर्दै सार्वजनिक निजी साझेदारीमार्फत परियोजना विकास गर्न आइएफसीले प्राविधिक सहयोग गर्ने विषयमा छलफल भएको छ ।
अर्थमन्त्री डा. महतले नवीनतम वित्तीय उपकरणहरूमार्फत नेपालले परम्परागत क्षेत्रको अलावा निजी पुँजी आकर्षित गर्न आईटी, कृषि–व्यवसाय, पर्यटन र अन्य स्टार्टअपहरू जस्ता क्षेत्रमा लगानी विविधीकरण गर्न नवीन वित्तीय उपकरणहरू परिचालन गर्नुपर्ने विषयमा जोड दिए । खासगरी सीमार्फत प्रवाह हुने कर्जाको विद्यमान लागत न्यूनीकरण गर्दै निजी लगानीलाई प्रोत्साहन गर्न आएएफसीले आईडीएको सहुलियत विन्डो (निजी क्षेत्र विन्डो) लाई ब्लेन्डिङ फाइनान्सको रूपमा उपयोग गर्न जोड दिए ।
साथै इक्वीटी तथा स्थानीय मुद्रामा आधारित लगानीलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताए ।
बाह्य लगानी तथा पुँजी परिचालनका लागि लगानीको आकर्षक वातावरण सिर्जना गर्न नेपाल सरकारले सुरक्षित कारोबार ऐन संसदमा पेस गर्न लागेको जानकारी गराउँदै कर्जा सूचना व्यवस्थापनसम्बन्धी कानुन निर्माणमा आएएफसीको चासोलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।
साथै स्थानीय मुद्रामा आधारित बन्डमार्फत थप पुँजी परिचालन गर्ने विषयमा समेत नेपालले गरेको पहल सम्बन्धमा जानकारी गराए । अर्थमन्त्रीले आगामी कन्ट्री पाटनरसीप फ्रेमवर्कमा नेपालको निजी लगानीका प्राथमिकता र क्षेत्रगत विविधीकरण विषय समावेश हुने विश्वास व्यक्त गरे ।