६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

माैसम पूर्वानुमान : यि प्रदेशमा हल्का वर्षा

नागरिक पोष्ट

बुधबार, २४ आश्विन २०८०

4473 views

4473 views

काठमाडाैं । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।साथै कोशी र मधेश प्रदेशका एक -दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुकोआंशिक प्रभाव रहेको छ ।

आज दिउँसाे कोशी, मधेशबागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।  कोशी, मधेश, बागमती प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?