६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

बजारमा चिनी अभाव, जिटूजी प्रक्रियाबाट चिनी खरिद गर्ने तयारी

नागरिक पोष्ट

बुधबार, २४ आश्विन २०८०

4330 views

4330 views

काठमाडौं । अहिले बजारमा चिनी अभाव छ । उपभोक्ता संरक्षणका नेताहरू बजारमा कृतिम अभाव सृजना भएको बताउँछन् । उपझोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले त ११ व्यवसायीले गर्दा बजारमा चिनी अभाव भएको बताएका छन् । गत सोमबार सार्वजनिक लेखा समितिमा बोल्दै उनले यस्तो बताएका हुन् ।

हुन पनि केही दिन अगाडि कुलेश्वरको एक गोदाममा वाणिज्य विभागले ७० हजार किलो अबैध चिनी बरामत गरेको थियो । अहिले त्यही चिनी सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बिक्री गरिरहेको छ । कसाल्ट ट्रेडिङले प्रतिकिलो ९७ रुपैयाँमा चिनी बिक्री गरिरहेको छ । योे चिनी खरिदका लागि सर्वसाधारण दैनिक लामो लाइन बसिरहेका छन् । साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार दैनिक कति बिक्री गर्ने भनेर कोटा भने लागु गरिएको छैन ।

बिहान १० बजेबाट ५ बजेसम्म चिनी बिक्री हुने उनी बताउँछन् । तर, चिनीको स्टक भने कमै भएको उनी बताउँछन् । तर, दुईरदुई किलोका दरले बिक्री गर्दा दसैँसम्म पुग्ने राजभण्डारीको आकलन छ ।

सरकारले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति दिएको छ । तर, अहिलेसम्म कसले चिनी आयात गर्ने भन्ने अत्तोपत्तो छैन । चिनी आयात गर्न स्वीकृति पाएको भए पनि अहिलेको मूल्यमा महँगो पर्ने भएकोले खरिद प्रक्रिया अगाडि नबढाएको सूचना अधिकारी राजभण्डारी बताउँछन् ।

योबाहेक सरकारले सरकार–सरकारबीच ९जीटूजी० सम्झौता गरेर चिनी आयात गर्ने पहल पनि गरिरहेको छ । तर, यस्तो सम्झौता अनुसार चिनी आयात गर्ने सम्भावना कम भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुर बताउँछन् । भारतले चिनी निर्यात रोकेपछि अहिलेको समस्या भएको उनी बताउँछन् । “अहिले साना पसलमा चिनी नभएको जानकारी आइरहेको छ । हामीले सस्तोमा चिनी आयात गर्न सक्ने देश भनेको भारत हो । तर, भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । हामीले आयातका लागि पहल गरिरहेका छौँ,” उनले भने, “व्यापारीहरूले जहिले पनि आवश्यकता अनुसार चिनी ल्याउन सक्ने व्यवस्था छ । तर, महँगो भएर अहिले चिनी आयात भएको छैन । कसैले पनि चिनी आयात गर्न चासो देखाउनु भएको छैन । सायद महँगो मूल्यमा किन ल्याउनु भन्ने पनि होला ।”

चिनी बढी प्रयोग हुने उद्योगसँग पनि चिनी पैचो मागेर भए पनि दसैँमा चिनी अभाव हुन नदिने मन्त्री रमेश रिजाल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?