६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

इजरायलमा मारिएका आनन्द साहकाे परिवारलाई मधेस सरकारले पाँच लाख रुपैयाँ दिने

नागरिक पोष्ट

बुधबार, २४ आश्विन २०८०

3947 views

3947 views

जनकपुरधाम । मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई पाँच लाख रुपैयाँ राहतस्वरूप दिने भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट सो राहत प्रदान गरिने जानकारी दिए ।

मुख्यमन्त्री यादवले आक्रमणमा परी ज्यान गुमाएका १० नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्यको सङ्ज्ञा दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?