१८ चैत्र २०८१, मंगलवार
ताजा खबर

एमाले अध्यक्ष ओलीद्वारा विश्व कराँते प्रतियोगिताका सहभागी सुर्य बुढाथोकीलाई बिदाई

नागरिक पोष्ट

बुधबार, २४ आश्विन २०८०

7880 views

7880 views

काठमाडौं । जापानमा हुन गइरहेको १३ औं विश्व कराँते प्रतियोगितामा सहभागी हुन नेपाल शिन क्योकुशिन कराँते संघका महासचिव तथा ब्रान्च चिफ सूर्य बहादुर बुढाथोकीलाई नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको हो । 

जापानको टोकियोमा यहीँ अक्टोबर १४ र १५ मा हुन लागेको खेलमा सहभागी हुन लाग्नुभएका बुढाथोकीलाई नेपाल खेलकुद महासंघ ९नेकोस० ले बिदाई कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहित नेपाल खेलकुद महासंघ ९नेकोस० का पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बुढाथोकी यस अघि पनि विभिन्न समयमा विभिन्न राष्ट्रमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ राष्ट्रको नाम उच्च स्थानमा राख्न सफल खेलाडी हुन् । उनले थुप्रै अन्तर्राष्ट्रिय पदकहरु जितिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?