६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई सोर्हौ पञ्चवर्षीय  योजनामा समावेश गर्ने सम्बन्धमा छलफल

नागरिक पोष्ट

बुधबार, २४ आश्विन २०८०

5828 views

5828 views

शर्मिला विश्वकर्मा, काठमाडौँ । राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल ९ निडवान ० ले राष्ट्रिय योजना आयोगको सहकार्य, दिगो विकास तथा सुशासन समिति राष्ट्रिय सभाको संयोजन र ग्ल् ध्यmभल  को सहयोगमा हिजो असोज २२ गते काठमाडैमा सोर्हौ पञ्चवर्षीय योजनामा अपाङ्गता भएका व्यक्तिहरूका सवाल विषयक राष्ट्रिय परामर्श कार्यशाला गोष्ठीको आयोजना गर्योस ।

सो कार्यशाला गोष्ठीमा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल ९ निडवान ० का अध्यक्ष प्रतिभा गुरुङले सोर्हौ पञ्चवर्षीय योजना र अपाङ्गताको सवाल विषयमा कार्य पत्र प्रस्तुत गर्दै  यस राष्ट्रिय परामर्श कार्यशाला गोष्ठीबाट आएका सवालहरूलाई दस्तावेजीकरण गर्ने, प्रदेश तथा संघिय स्तरमा छलफल गरिने बताउनु भयो । 

त्यसै गरी राष्ट्रिय योजना आयोगका निर्देशक शिव रञ्जन पौडेलले सोर्हौ पञ्चवर्षीय योजना, निर्माण र यसको वर्तमान अवस्थाका विषयमा प्रस्तुतीकरण गर्नु भयो । साथै उहाँले यस विषयमा प्रदेश स्तर, राष्ट्रिय विकास परिषदमा छलफल गरी माघ मसान्त सम्म जारी गर्ने योजना गरेको बताउनु भयो । 

सो राष्ट्रिय परामर्श कार्यशाला गोष्ठीमा कार्यक्रमका प्रमुख अतिथि एवं सुशासन तथा दिगो विकास समितिका सभापति प्रकाश पन्थले सोर्हौ पञ्चवर्षीय योजनामा अपाङ्गता भएका व्यक्तिहरू, महिला तथा दलित समुदायका सवालहरूलाई समावेश गरी संवोधन गर्नका लागि राष्ट्रिय योजना आयोग लगायतका सम्बन्धित निकायहरूका प्रतिनिधिहरूसँग निरन्तर छलफल गरिरहेको र उनीहरूका सवालहरूलाई संवोधन गर्न निर्देशन दिएको भन्दै यस विषयमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।

त्यसै गरी राष्ट्रिय योजना आयोगका सदस्य डा। अनिता ढुङ्गाना शाहले यस सोर्हौ पञ्चवर्षीय योजनामा अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई प्राथमिकताका साथ समावेश गर्न सक्दो प्रयास गर्ने बताउनु भयो । यसै क्रममा राष्ट्रिय आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले यस सोर्हौ पञ्चवर्षीय योजनामा अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई प्राथमिकताका साथ स्थान दिनको लागि राष्ट्रिय योजना आयोगले सक्दो प्रयास गर्ने भन्दै यसका लागि सुशासन तथा दिगो विकास समितिको महत्त्वपूर्ण भूमिका हुने बताउनु भयो ।

यसै क्रममा अटिजम केयर नेपाल सोसाइटीका अध्यक्ष डा। सुनिता मलेकु अमात्यले  सहयोगी आवश्यकता हुने अपाङ्गता भएका व्यक्तिहरुको लागि राज्य स्तरबाट सहयोगीको व्यवस्था गरिने सवाललाई संवोधन गर्दै उनीहरुको मानव अधिकार सुनिश्चितका लागि आर्थिक जनशक्ति, आय(आर्जन गर्न नसक्नेहरुका लागि जीवन यापनका लागि प्रयाप्त हुने सामाजिक सुरक्षा भत्ताको सवालहरुलाई पनि समावेश गर्नु पर्ने कुरामा जोड दिनु भयो । 

त्यसै गरी राष्ट्रिय शारीरिक अपाङ्ग संघका अध्यक्ष किरण शिल्पकारले देशका विभिन्न स्थानमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको रोजगारीको अवस्थाको विवरण संकलन गर्नुका साथै सहयोगी सामाग्रीहरु आवश्यक हुने अपाङ्गता भएका व्यक्तिहरुका लागि सहयोगी सामाग्रीको उपलब्धताका सवालहरुलाई पनि यस सोर्हौ पञ्चवर्षीय योजनामा समावेश गर्नु पर्ने सुझाव दिनु भयो ।

 काठमाडौँमा आयोजना गरिएको  काठमाडैमा सोर्हौ पञ्चवर्षीय योजनामा अपाङ्गता भएका व्यक्तिहरूका सवाल विषयक राष्ट्रिय परामर्श कार्यशाला गोष्ठीको सञ्चालन अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र काठमाडौँका महासचिव गणेश के।सी।ले गर्नु भएको थियो । राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल ९ निडवान ० ले काठमाडौंमा आयोजना गरेको सोर्हौ पञ्चवर्षीय योजनामा अपाङ्गता भएका व्यक्तिहरूका सवाल विषयक राष्ट्रिय परामर्श कार्यशाला गोष्ठीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले सहायक सामग्री, सहयोगी, रोजगार तथा सीपका सवालहरु, साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको रुपमा मान्यता दिने लगायतका सवालहरुलाई प्राथामिकता दिनु पर्ने सवालहरुलाई समावेश गर्नका लागि सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?