१८ चैत्र २०८१, मंगलवार
ताजा खबर

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा युवा संगठन नेपालले गर्यो दिप प्रज्वलन

नागरिक पोष्ट

बुधबार, २४ आश्विन २०८०

7103 views

7103 views

 धादिङ  ।  इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा युवा संगठन नेपाल पश्चिम ताम्सालिङ व्युरोले दीप प्रज्वलन कार्यक्रम गरेका छन।

इजरायलमा भएको युद्धमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा युवा संगठन नेपालको आयोजनामा  मंगलबार साँझ धादिङ जिल्ला मालेखु बजारमा इजरायल र हमासबीच भएको युद्धमा परि १०जना नेपाली विद्यार्थीहरुले ईजरायलमा ज्यान गुमाएका थिए ।

विद्यार्थीहरु प्रति हार्दिक श्रद्धाञ्जली व्याक्त गर्दै युवा संगठन नेपाल पश्चिम ताम्सालिङ व्युरो ईन्चार्ज जीवन संघर्ष सिले राज्यको नीति नियम र स्वदेशमै व्यावसायिक र रोजगारिमुलक शिक्षा सिर्जना नगरेकै कारणले ईजरायलमा होनहार नेपाली युवाहरुले ज्यान गुमाउन परेको र यो दलाल संसदिय व्यवस्थाको राज्यलेनै बाध्य बनाएको बताएका छन । उनले के नेपाली युवाहरु अरुको देशको गुलाम गर्न र अरुको देशमा मर्न जन्मका हुन त रु भनी प्रश्न समेत गरेको छ । नेपालमै उच्चस्तरीय शिक्षा स्वास्थ्य र रोजगारि जब सम्म राज्यले व्यवस्था गर्दैन तब सम्म हजारौं नेपाली युवाहरुले बिदेशमा यसरीनै ज्यान गुमाउन बाध्य हुनु पर्ने भन्दै सरकारले ईजरायलमा फसिरहेका नेपालीहरुलाई यथा शिघ्र उद्धार गर्न जोडदर माग समेत गरेका छन,।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा रसुवा जिल्ला इन्चार्ज सगर सिले विद्यार्थी हरुप्रति हार्दिक श्रद्धाञ्जली व्याक्त गर्दै सरकारलेनै विभिन्न प्रचार प्रसार गर्दै विभिन्न प्रकारका स्किमहरु ल्याएर नेपाली युवहरुलाई प्रलोभनमा पारि कमिसनको खेलमा विभिन्न योजना मार्फत नेपाली युवाहरुलाई बिदेश पलायन गर्दा आज ईजरायमा १०जना नेपाली विद्यार्थीहरुले ज्यान गुमाउनु परेको र बैदेशिक रोजगार ,विदेशमा उच्चस्तरीय शिक्षाको नाम दिदै दलालहरुले नेपाली युवा युवतीहरुलाई विदेशिएकोे गुलाम बनाउने र उनिहरुले नै पठाएको रेमिटेन्स बाट आफू मोजमस्ति गर्ने दलालहरु लाई चेतावनी समेत दिएका छन ।

नेपाली युवाहरुलाई खाडि मुलुक र युरोपेलीहरुको गुलामि नबनाउन भन्दै ईजरायलमा फसिरहेका नेपालीहरुलाई उद्धार गर्न जोड्दार माग गर्दै नेपालीहरुलाई अब अर्काको गुलाम नबनाउन नेपालमै रोजगारि शिक्षा ,स्वास्थ्यको उचित व्यवस्था गरी नेपालमै बस्ने वातावरणको सिर्जना गर्न सरकारलाई अखिल क्रान्तिकारीका पश्चिम ताम्सलिङ ब्युरो इन्चार्ज मेघेन्द्र सिले आग्रह समेत गरेका छन ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?