६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

डिजिटल वित्तीय साक्षरता र अनलाइन सुरक्षा सम्बन्धी तालिम सम्पन्न 

नागरिक पोष्ट

मंगलवार, २३ आश्विन २०८०

5113 views

5113 views

काठमाडौं । आईहबका विद्यार्थिहरुलाई लक्षित गरेर क्यान महासंघ अन्तर्गत फिनटेक, पाटन जेसिआई र आर्ईहवले एक दिने डिजिटल वित्तीय साक्षरता र अनलाइन सुरक्षा सम्बन्धी तालिम सञ्चालन गरेको छ  । तालिम आईहवको आफ्नै कार्यालयमा सञ्चालन गरिएको हो ।

आई हबका मेम्बर तथा अन्य व्यक्तीहरुलाई प्रशिक्षक दिव्यतारा शाक्य र जाज्वल्य मान जोशीले उपस्थित व्यक्तिहरुलाई तालिम प्रदान गर्नु भएको थियो । तालिम प्रदान गर्दे दिव्य तारा शाक्यले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न उक्त कार्यक्रमको आवश्यक भएको जानकारी दिनुभयो । त्यस्तै उहाँले  “क्युआर को उत्साहजन प्रयोग कर्तासँगै जोखिम पनि त्यतिकै मात्रामा भएको बताउदै उपस्थितहरुलाई त्यस को प्रयोग गर्ने तरिका समेत जानकारी दिनु भयो । डिजिटल कारोबार लाई थप प्रोत्साहन गर्नको निम्ति डिजिटल वित्तीय साक्षरता कार्यक्रमको आवश्यकतासँगै यसका चुनौतिहरु बारे उहाँले केलाएर तालिममा प्रस्तुत गर्नु भयो । 

त्यस्तै प्रशिक्षक जाज्वल्य मान जोशीले अनलाईन चलाउँदा हामीले अपनाउनु पर्ने सर्तकर्ता बारे उपस्थीत सम्पपुर्णलाइृ जानकारी दिनु भयो । इन्टरनेटका विभिन्न माध्यमबाट हुने हिंसा, अनलाईनमा हामी कसरी सुरक्षित रहने  र अनलाइन सुरक्षा आजको समयमा सबैलाइृ आवश्यक पर्ने बताउँदै अनलाईन सुरक्षा सम्बन्धी ज्ञान प्रदान गर्नु भयो  । 

त्यस्तै गरि कार्यक्रममा जे सि आई पाटनको प्रकृति जोशी, आई हबको सम्पुर्ण कर्मचारीहरू,पत्रकार सबु बस्नेत तथा बिभिन्न सघंसस्थाका व्यक्तिहरूको उपस्थित रहेको थियो । त्यसैगरी आईहबका डिप्युटी प्रोग्राम कोर्अडीनेटर प्रमिता चापागाई,कार्यक्रम सहजकर्ता सवाना भट्ट र कार्यक्रम संयोजक छिरिगं तामागको उपस्थित रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?