मंगलवार, २३ आश्विन २०८०
7999 views
7999 views
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता खड्गबहादुर श्रेष्ठको विदाई गरिएको छ । सोमबारबाट सेवानिवृत्त श्रेष्ठको आज एक कार्यक्रमकाबीच आज विदाई गरिएको हो । उनी २०४० मा हुलाक सेवाबाट सेवा प्रवेश गरेका थिए ।
पछिल्लो समय गृह प्रशासन अन्र्तगत लागुऔषध नियन्त्रण शाखा, राष्टिय परिचयपत्र बिभागमा रहेर सेवा प्रवाह गरेका थिए । उनी प्रशासनमा हक्की स्वभाव र स्वच्छ छवि भएका प्रशासक मानिन्छन् । बिशेषगरी सेवाप्रवाहमा सेवाग्राहीका सहजतालाई ध्यानमा राखेर सेवाप्रवाह गर्ने प्रशाशकको रुपमा सेवाग्राहीमाझ लो्कप्रिय थिए ।
पछिल्लो समय सहायक सिडिओको रुपमा चाडपर्वको समयमा उनले बजार अनुगमन,कालोबजारी नियन्त्रण र कारवाहीमा अडान राख्दै आफै अनुगमनमा सक्रिय रहँदै आएका थिए । उनलाई काठमाडौंका सिडिओ जितेन्द्र बस्नेत,काठमाडौंका प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्री सहित प्रशासनका अधिकारी लगायतले बिदाई गरेका थिए ।
जिल्ला सुरक्षा समितिको सचिव समेत रहेका श्रेष्ठलाई सोमबार सुरक्षा समितिको बैठक राखेर चारवटै सुरक्षा निकायका प्रमुखहरुले विदाई गरेका थिए ।श्रेष्ठले रिटायर्ड पछि पनि अनुभवलाई उपयोग गरेर समाजसेवामा सक्रिय रहने बताँउदै आएका छन् ।