६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

नेपाल नेत्रहिन सङ्घको २५ औँ साधारणसभा सम्पन्न

नागरिक पोष्ट

मंगलवार, २३ आश्विन २०८०

3865 views

3865 views

काठमाडौँ । नेपाल नेत्रहिन सङ्घको २५ औँ साधारणसभा सम्पन्न भएको छ । सङ्घद्वारा राजधानीमा आयोजित कार्यक्रममा  महिला तथा सामाजिक मामिला समिति प्रमुख किरण कुमार शाहले नेत्रहिन बालबालिकाको अभिभाकत्व ग्रहण गर्न आफु तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।

उहाँले दृष्टिविहिनलाई विगतमा केही गर्न नसक्ने भनि हेला होचो गरे पनि वर्तमानमा नेत्रहिन व्यक्तित्वहरूले उच्च  शिक्षा हासिल गर्दै  विभिन्न तह र तप्कामा रहेर उदाहरणीय काम गरेर देखाइरहेको बताउनुभयो । कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष रमेश पोखरेलले यस सङ्घले नेत्रहिनका लागि मात्र होइन, सम्पूर्ण अपाङ्गता क्षेत्रका लागि काम गरिरहेको जानकारी दिनुभयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिको मानवअधिकारलगायत विविध मुद्दाको स्थापित गराउन देशभर सङ्घको शाखा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद सङ्घका अध्यक्ष देवी आचार्यले यस संस्थाले नेत्रहिनलगायत अन्य अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक पर्दा सक्दो उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने विश्वास व्यक्त गर्नुभयो । श्रवण, दृष्टिविहिन अभिभावक समाजका अध्यक्ष लाक्पा नुरू शेर्पाले सरकारले सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको सुनिश्चत गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले अपाङ्गता भएका व्यक्तिले राज्यका लागि योगदान दिइरहेको र यस सम्वन्धि राष्ट्रिय कानुन बनाएको र अन्तर्राष्ट्रिय महासन्धीमा पनि नेपालले हस्ताक्षर गरेकोले पूर्ण सहयोगको आवश्यकता परेको व्यक्तिका लागि राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो । 

नेत्रहिन सङ्घका सल्लाहकार डा. विरेन्द्र पोखरेलले यस सङ्घको सुरूवातदेखि नै नेत्रहिन लगायत सबै प्रकारका अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्दै आएको बताउनुभयो । सङ्घ २५ वर्षमा प्रवेश गर्दा  आफु यस सङ्घको सल्लाहकारको रूपमा जोडिन पाउँदा खुुसी लागेको उहाँले बताउनुभयो ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?