६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

१२.५८ अंकले घट्याे नेप्से, १ अर्ब १७ कराेडमा खुम्चियाे काराेबार रकम

नागरिक पोष्ट

सोमबार, २२ आश्विन २०८०

4121 views

4121 views

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १२।५८ अंकले घटेर एक हजार ९ सय ८ दशमलव ६६ विन्दुमा बन्द भएको हो । आइतबार पनि नेप्से परिसूचक ३५।६७ अंकले घटेको थियो ।

त्यस्तै, आज करोबार रकम भने घटेको छ । आज ४३ लाख २७ हजार १७९ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १७ करोड १ लाख ७२ हजार बराबरको कारोबार भएको छ । हिजो आइतबार एक अर्ब ८० करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमवार २८७ कम्पनीको शेयर कारोबार भएकोमा १५८ कम्पनीको मूल्य घटेको छ भने ६६ कम्पनीको बढेको छ । यस्तै ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?