६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

इजरायलबाट नेपाली विद्यार्थीको पत्र– ‘युद्ध रोकिने अवस्था छैन, देश फर्कने मन छ’

नागरिक पोष्ट

सोमबार, २२ आश्विन २०८०

4243 views

4243 views

काठमाडौँ  । इजरायलमा रहेका एक नेपाली विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै उद्धारका लागि आग्रह गरेका छन् ।

गत शनिबारबाट हमासको आक्रमणमा परेको इजरायलमा रहेका कास्कीको अन्नपूर्ण गाउँपालिका– २ घर भएका नेपाली विद्यार्थी सुरज भण्डारीले भावुक पत्र लेख्दै युद्ध तत्काल रोकिने अवस्था नरहेकाले तत्काल उद्धार गरिदिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् ।

उनी ‘लर्न एण्ड अर्न’ कार्यक्रम मार्फत् कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका गएका थिए । भण्डारीले पत्रमा लेखेका छन्– ‘अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस्, हामी देशमा नै रमाउने छौँ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?