६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

इजरायलबाट नेपालीको शव र घाइतेको उद्धार गर्न सरकारलाई ओलीको आग्रह

नागरिक पोष्ट

सोमबार, २२ आश्विन २०८०

3952 views

3952 views

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा जारी युद्धमा परी मृतक भएका नेपालीको शव र घाइतेहरूको यथाशीघ्र उद्धार गरी नेपाल ल्याउनु पर्ने बताएका छन् ।

प्यालेस्टाइनी समूह हमासद्वारा इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको ज्यान गएपछि एमाले अध्यक्ष ओलीले सरकारसँग मृतकको शव र घाइतेहरूको उद्धार गर्न आग्रह गरेका हुन्।

ओलीले भनेका छन( ‘नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनामा इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका नेपाली विद्यार्थीको आक्रमणमा परी ज्यान गयो, दशैँको मुखमा सन्तान गुमाउनुको पीडा भोग्नु भएका परिवार र आफन्तजनलाई सम्हालिन कठिन भएको छ, हामी सबै शोकमा छौं,’ ओलीले भनेका छन्, ‘घाइतेको तत्काल उद्धार गर्न, बन्धक बनाइएकाहरूको रिहाइ र मृतकको शव ल्याउने यथाशीघ्र प्रबन्ध गर्न सरकारको ध्यान जाओस्। ज्यान गुमाएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जली,  परिवारजनमा समवेदना।’

इजरायलमाथी अतिवादी समुह हमासले अचानक गरेको आक्रमणमा सयौँको ज्यान गएको छ भने दुवै पक्षबीच भिडन्त जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?