सोमबार, २२ आश्विन २०८०
8760 views
8760 views
काठमाडौँ । बडादसैँका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरुका लागि लामो तथा मध्यम दूरीका सवारी साधनमा आजबाट अग्रिम टिकट बुकिङ खुला भएको छ । टिकट बुकिङका खुला भएसँगै गोङ्गबुस्थित नयाँ बसपार्कका काउन्टरहरूमा ठूलो भीड लागेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पुरानै भाडामा अग्रिम टिकट खुला भएको बताए ।
गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भएको सहमति अनुसार आजदेखि दसैँ लागि टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो । हरेक वर्ष दसैँ, तिहार र छड पर्वलगायत प्रमुख चाडपर्वका अवसरमा काठमाडौँबाट लाखौँ यात्रु बाहिरिने गरेका छन्। दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाख मानिस बाहिरिने अनुमान छ ।
विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको भए पनि यस पटक केही ढिला गरी टिकट बुकिङका खुला भएको हो ।