सोमबार, २२ आश्विन २०८०
7202 views
7202 views
दोहा ।‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत गत महिना मात्रै इजरायल पुगेका मध्ये दक्षिणी इजरायलको सेडोट नेगेव एग्रिकल्चर सेन्टर अन्तर्गत किबुज अलुमिम फर्ममा प्रशिक्षणरत १७ जना नेपाली विद्यार्थीको विवरण सार्वजनिक भएको छ ।
गएराती तेल अवस्थित नेपाली दूतावासले उनीहरु प्रशिक्षणरत रहेकै बखत प्यालेस्टिनी हमास समुहको आक्रमणमा परी दुःखद निधन भएका १० जना सहित सो घटनामा परी घाइते भएका, अस्पतालमा उपचाररत लगायतका नेपाली विद्यार्थीहरूको पछिल्लो र अद्यावधिक विवरण प्रकाशित गरेको हो ।
प्रकाशित विवरणमा भनिएको छ, ‘दुःखको यस घडीमा हामी मृतक विद्यार्थीहरूको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ, शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछौँ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछौँ ।’
आक्रमणको निशानामा परेका १७ जना नेपाली विद्यार्थीहरूको विवरणः
क्र.सं. राहदानी नं नाम थर अवस्था/स्थिति
१. BA0046756 आनन्द साह निधन
२. BA0050744 नारायण प्रसाद न्यौपाने निधन
३. PA1832545 लोकेन्द्र सिंह धामी निधन
४. BA0133670 राजेश कुमार स्वर्णकार निधन
५. PA1869615 गणेश कुमार नेपाली निधन
६. PA1773440 दिपेश राज विष्ट निधन
७. BA0017890 राजन फुलरा निधन
८. BA0017892 पदम थापा निधन
९. PA1560328 प्रवेश भण्डारी निधन
१०. PA1651757 आशिष चौधरी निधन
११. PA1848403 विपिन जोशी अज्ञात
१२. विधान सेजुवाल उपचाररत
१३. BA0079958 हिमांचल कट्टेल उपचाररत
१४. 12482178 प्रविण डाँगी उपचाररत
१५. धन बहादुर चौधरी उपचाररत
१६. विरेन्द्र चौधरी सकुशल
१७. 12388817 प्रमोद के.सी. सकुशल