६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

साढे २ महिनामा १ खर्ब ६८ अर्ब राजस्व संकलन, राजस्व सचिव भन्छन्–अहिलेको नीतिले लक्ष्य पुरा हुँदैन

नागरिक पोष्ट

बुधबार, १७ आश्विन २०८०

4404 views

4404 views

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को असोज १५ गतेसम्म सरकारले १ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थ मन्त्रालयले वर्तमान अर्थतन्त्रको अवस्थाको विषयमा प्रस्तुत गरेको विवरणमा यस्तो देखिएको हो । समिति बैठकमा बोल्दै अर्थ मन्त्रालयका सह–सचिव बाबुराम सुवेदीले वार्षिक लक्ष्य १४ खर्ब २२ अर्ब ५४ करोडको तुलनामा ११।८७ प्रतिशत राजश्व संकलन भएको बताए ।

तर, सरकारले लिएको राजस्व संकलन लक्ष्य अहिलेको नीतिले पुरा नहुँनले राजस्वा सचिव डा।रामप्रसाद घिमिरेले बताए । यो नीतिलाई नयाँढंगले सोच्न नसकेमा भविष्यमा ठूलो समस्या आउन सक्ने उनको भनाइ छ ।

अहिले सरकारको राजस्व संकलन उत्साहजनक रुपमा नभएको उनले बताए । उनले सरकारले यो वर्ष जसरी नीतिगत सुधार गर्न खोजेको नीतिहरु कार्यान्वयन भएर परिणाम आउन समय लाग्ने बताए । “अहिले भइरहेको राजस्व नीति अनुसार राजश्व संकलन भए सरकार अफ्ठ्यारोमा पर्ने खतरा छ । समयमा नै सोच्नुपर्ने भएकाले सरकारले बजेटमार्फ ल्याएका आर्थिक ऐनमा सुधार गर्नुपर्छ,” उनले भने, “सरकारको राजस्वको संकलनको मुख्य स्रोत पेट्रोलिय पदार्थबाट चल्ने सवारी साधन र दूरसञ्चार शुल्क क्रमश घट्दै गएको छ । यसलाई बढाउन सक्ने अवस्था छैन । सरकार राजस्व उठाउने भन्दा पनि सहुलियत दिने कुरामा लागेको छ । यसले झनै अफ्ठ्यारो पार्न सक्छ ।”

मुलुकको अर्थतन्त्रका समस्या पहिचान नगरी समस्या समाधान समयमा नै सरकारले गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?