६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

एमाले कोशी अधिवेशनमा रातभर मतदान, मतगणना आज

नागरिक पोष्ट

सोमबार, १५ आश्विन २०८०

5051 views

5051 views

विराटनगर ।  नेकपा एमाले कोशी प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि रातभर मतदान भएको छ । 

गएराति १० बजे सुरु भएको मतदान आज बिहान ५ बजे सकिएको छ । रातभर भएको मतदानमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका छन् ।

मतदान प्रक्रियामा २० जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार आज मतगणना आजै गरिने छ । अधिवेशनले २१५ सदस्यीय कमिटी चयन गर्नेछ । उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ४९ सदस्य भने निर्विरोध भएका छन् । 

अध्यक्षसहित १६६ जना छनोटका लागि निर्वाचन भएको हो । भावी अध्यक्षका लागि अध्यक्षका घनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?