६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

आज असोज १५ गते सोमबार, यस्तो छ तपाईको राशिफल

नागरिक पोष्ट

सोमबार, १५ आश्विन २०८०

4509 views

4509 views

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज नयाँ कामको थालनी आज नगर्नु होला । मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला । पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । खानामा सचेत रहनुपर्ने दिन छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आज राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखा पर्ने छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । धनको साथै अन्नको पनि लाभ हुन सक्छ । प्रेमको प्रसंग सुखद रहला । काममा अरुको समर्थन पाइने छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ, परिवारमा पनि खुशिको माहोल छाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नुहोला । 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज स्वास्थ्यमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निणर्य गर्ने योग छ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुगा, मीठो खानाको आनन्द मिल्नेछ । केही पैसाको हानी पनि होला । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

आज अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । नोकरीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ । विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन् । नसोचेको ठाँउबाट केहि लाभ होला । भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला । ब्यापार भने ठिकै मात्र छ । कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो भने रहनु होला । 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, यसले खर्च पनि गराउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । अरुको कम मात्र भर पर्नु होला । 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

आज हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । जागीरमा पनि समस्या देखा पर्ने देखिन्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने छ । जागिरका क्रममा समस्या आउन सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, यात्रामा भने जोगिएर काम गर्नुहोला । आतिथ्यपूणर् सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आज नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन् । अरुले तपाइको तारिफ गर्न सक्छन् । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?