६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

पानी जहाज कार्यालय: काम नै नगरी २३ करोड खर्च

नागरिक पोष्ट

सोमबार, १५ आश्विन २०८०

4724 views

4724 views

काठमाडौं । २०७५ साल फागुन २ गते तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलीले एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । नेपालमा पानी जहाज कार्यालय स्थापना भएको साढे चार वर्ष भएको छ । नेपालका नदीहरुमा जलयात्रा विकासको उद्देश्यसहित स्थापना भएको कार्यालयले गति लिन भने सकेको छैन ।

तत्कालीन प्रधानमन्त्री ओलीको जोडबलमा स्थापना भएको यो कार्यालय अहिले सरकारकै बेवास्तामा परेको छ ।हालसम्म तामाकोशी सुनकोशी दोभानबाट साढे ६३ किलोमिटर, सुनकोशी नदिको अरुण दोभानबाट १ सय ५३ किलोमिटर सम्भाव्यता अध्ययन गरिएको छ । कोशी नदी अरुण दोभानको अवरोध हटाउने काम गरिएको छ । २०२७ सालमा नै नेपाल पानी जहाज ऐन र यसको नियमावली २०२८ मै आएको भएपनि, पुरानो ऐन बाधक बनेको कार्यालयको दाबी छ ।

कार्यालयले यो पाँच वर्षको अवधीमा १८ करोड २२ लाख रुपैयाँ पुजीगत खर्च गरेको छ भने प्रशासनिक र कर्मचारीलाई तलब भक्ता गरी पाँच करोड रकम खर्च गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?