१० फाल्गुन २०८१, शनिबार
ताजा खबर

युक्रेनको समर्थनबाट अमेरिका पछि हट्दैन : बाइडेन

नागरिक पोष्ट

सोमबार, १५ आश्विन २०८०

7138 views

7138 views

वासिङ्टन डीसी  । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको समर्थनबाट अमेरिका पछि नहट्ने बताएका छन् ।

अमेरिकी संसदमा आइतबार अल्पकालीन विधेयक पारित भएको केही समय पछि राष्ट्रपति बाइडेनले सो कुरा बताएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति बाइडेनले भने, ‘अमेरिकी र युक्रेनीहरूलाई आश्वासन दिन चाहन्छु कि हाम्रो समर्थनमा भरोसा गर्न सक्नुहुन्छ।’

उनले अमेरिका युक्रेनको साथबाट पछि नहट्ने उल्लेख गर्दै रिपब्लिकनहरूलाई युक्रेनको समर्थनको बारेमा बोल्न पनि आह्वान गरेका छन्।

उनले भने, ‘मलाई आशा छ कि मेरा साथीहरूले युक्रेनलाई समर्थन गर्नेछन् । हामी युक्रेनका लागि अमेरिकी समर्थनलाई कुनै पनि हालतमा अवरोध हुन दिनेछैनौँ ।’

यतिबेला अमेरिकामा शट डाउनको सङ्कटमा छ । यसका बाबजुद पनि अमेरिका युक्रेनप्रति प्रतिबद्ध देखिएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई समर्थन गर्न वाशिङ्टन पछि नहट्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?