६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

मनकामना केबलकार असोज १७ र १८ गते दुई दिन बन्द रहने

नागरिक पोष्ट

आईतवार, १४ आश्विन २०८०

6508 views

6508 views

काठमाडाैं । नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यहि असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।

केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालन रहने छ । केबलकारको नियमित सेवा २०८० असोज १९ गते शुक्रबार देखि पुनस्सञ्चालनमा आउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?