शनिबार, २७ माघ २०८०
11238 views
11238 views
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका ४३ मध्ये १४ जनाको नाम सर्ट लिस्ट गरिएको छ । त्रिवि उपकुलपति छनोट समितिले नियुक्तिका लागि छनोटमा परेका १४ जनाको नामावली सार्वजनिक गरेको हो । सर्ट लिस्टमा पर्नेहरुमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.तीर्थ खनियाँ पनि परेका छन् ।
यस्तै त्रिविका कार्यवाहक उपकुलपति शिवलाल भुसाल पनि सिफारीसमा परेका छन् । उपकुलपतिका लागि सिफारीस हुनेहरुमा अर्थशास्त्रका प्राध्यापक सूर्यबहादुर थापा, त्रिवि मानविकी संकायकी डिन कुशुम शाक्य, पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बराल,त्रिवि कीर्तिपुर क्याम्पसका पूर्व प्रमुख गोविन्द सुवेदी, त्रिवि शिक्षा संकायका डिन चित्र बहादुर बुढाथोकी, त्रिविकै इतिहासका प्राध्यापक ज्ञानेन्द्र प्रसाद पौड्याल रहेका छन् । यस्तै केन्द्रीय गणित विभागका प्रमुख टंकनाथ धमला, पूर्व सह परीक्षा नियन्त्रक नारायण प्रसाद वेलवासे, माइक्रोबाइलोजी विभागका पूर्वप्रमुख प्रकाश घिमिरे, व्यवस्थापन विभागका पूर्व प्रमुख भोजराज अर्याल, जनसङ्ख्या विषयका प्राध्यापक महेन्द्र प्रसाद शर्मा, रसायन शास्त्र विभागका पूर्व प्रमुख रामचन्द्र बस्नेत पनि सर्ट लिस्टमा परेका छन् ।