ताजा खबर

तरलता व्यवस्थापन गर्न ४० अर्ब तान्दै राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव

नागरिक पोष्ट

आईतवार, १५ मंसिर २०८२

1038 views

1038 views

तरलता व्यवस्थापन गर्न ४० अर्ब तान्दै राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव

काठमाडौं, १४ मंसिर । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा थुप्रिएर बसेको तरलता व्यवस्थापन गर्न ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ३५ दिनको लागि ४० अर्ब निक्षेप संकलन गर्न लागेको हो ।

यसका लागी बैंक तथा वित्तीय संस्थाले आज अर्थात् मंसिर १४ गते मध्यान्ह २ बजेसम्म अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन् । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी पुस २० गते हुनेछ ।

बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्नसक्नेछन् । यस्तै, निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने उल्लेख छ ।

निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?