ताजा खबर

हेल्दी फ्रेन्ड्स क्लबको चौथो साधारण सभा सम्पन्न: खेललाई जीवन सुधार्ने अभ्यासको रूपमा हेर्नुपर्ने राष्ट्रिय सभा सदस्य श्रेष्ठको भनाई

नागरिक पोष्ट

आईतवार, १५ मंसिर २०८२

2126 views

2126 views

हेल्दी फ्रेन्ड्स क्लबको चौथो साधारण सभा सम्पन्न: खेललाई जीवन सुधार्ने अभ्यासको रूपमा हेर्नुपर्ने राष्ट्रिय सभा सदस्य श्रेष्ठको भनाई

काठमाडौँ । स्वस्थ समाज निर्माणमा क्रियाशील काठमाडौँ १६ शोभाभगवती मार्ग चमती स्थित हेल्दी फ्रेन्ड्स क्लबको चौथो साधारण सभा आज सम्पन्न भएको छ।

उक्त समारोहका प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य किरण बाबु श्रेष्ठले खेललाई केवल रमाइलोको रूपमा मात्र नभई जीवन सुधार्ने अभ्यासको रूपमा हेर्नुपर्ने बताउनु भयो। उहाँले खेलले नै समाजलाई स्वस्थ, अनुशासित र एकताबद्ध बनाउने भएकोले क्लबद्वारा संचालित ब्याडमिन्टन खेलको प्रशंसा गर्नुभयो।

क्लबका अध्यक्ष श्रीराम पुडासैनीले समाज र क्लबको सम्बन्धमाथि प्रकाश पार्दै टोल समाज बिना क्लबको अस्तित्व नरहने र क्लब बिना टोल–समाज पूर्ण नहुने बताउनु भयो। उहाँले दुवै मिलेर मात्र स्वस्थ, सशक्त र सचेत टोल निर्माण हुनेमा जोड दिनुभयो।

कार्यक्रममा अन्य वक्ताहरूको सम्बोधन तथा प्रतिवेदन प्रस्तुत
सो समारोहमा मुस्लिम आयोगका संयोजक हाजी इर्शा मुल्ला मिया, क्लबका सल्लाहकारहरू दीपेन्द्र काफ्ले र नहकुल प्रसाद श्रेष्ठ, तथा खेल प्रशिक्षक भूगोल थापाले सम्बोधन गर्नुभएको थियो।

क्लबका सचिव रजुसिद्दि बज्राचार्यले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कोषाध्यक्ष तोप बहादुर बानियाले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो।

क्लबका उपाध्यक्ष जगत बहादुर श्रेष्ठले स्वागत भाषण गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न संघका प्रतिनिधि, समाजसेवी, सामाजिक अभियन्ता, क्लबका आजीवन सदस्य, पदाधिकारी र खेलाडीहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?