१६ चैत्र २०८१, आईतवार
ताजा खबर

प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : बाबुराम भट्टराई

नागरिक पोष्ट

बिहीबार, १३ चैत्र २०८१

3146 views

3146 views

प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : बाबुराम भट्टराई

देउखुरी । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०का अध्यक्ष डा बाबुराम भट्टराईले नेपालको अर्थ राजनीति गम्भीर संकटमा रहेको बताएका छन् ।

आज घोराहीमा आयोजित एक कार्यक्रममा उनले ढिलो या छिटो सहमति जुटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्न सकेमा हाल देखापरेका समस्या समाधान हुने बताए।


संविधानले राजनीतिक अधिकार स्थापित गरेपनि वर्तमान शासकीय स्वरूपले अपेक्षाअनुसार काम गर्न नसक्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अबको आवश्यकता रहेको उनको भनाइ छ ।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा सरकार स्थिर रहने देशमा आर्थिक विकास संस्थागत हुने बताए।


‘रोगको समयमा उपचार भएन भने अस्थिरता अझ बल्झिन्छ’, उनले भने, ‘२०७२ को संविधानले राजनीतिक अधिकार दियो तर आर्थिक विकासका मुद्दा अघि बढाउन सकेन । त्यसैले जनतामा निराशा बढेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?