१७ चैत्र २०८१, सोमबार
ताजा खबर

देवकोटा पदार्पण दिवस मनाइयो

नागरिक पोष्ट

सोमबार, १० चैत्र २०८१

3299 views

3299 views

देवकोटा पदार्पण दिवस मनाइयो

रौतहट । रौतहट जिल्लाको साहित्य इतिहासमा नयाँ दिनको सुरुआत भएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको रौतहट आगमनको सम्झनामा "देवकोटा पदार्पण दिवस" मनाउने परम्पराको थालनी गरिएको छ। सम्भवतः यो दिवस मनाउने सुरुआत रौतहटबाट नै भएको मानिन्छ।

आइतवार किसान आन्दोलनको ऐतिहासिक स्थल, जिल्लाको मध्यभागमा पर्ने गरुडा नगरपालिका वडा नम्बर ५ स्थित महम्दपुरको गोपाल सेवा समितिको प्रांगणमा साहित्यकारहरू भेला भई दिवस मनाएका थिए।

कार्यक्रममा साहित्यकार तथा दिवसका कल्पनाकार सञ्जय साह मित्र, बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किसुन दयाल यादव श्रीकृष्ण, साहित्यकार बिन्दा साहानी, साहित्यकार तथा प्रधानाध्यापक रामअधार पासवान, विपिनबिहारी सिंह, पत्रकार राजुकुमार श्रीवास्तव, पत्रकार चन्दन यादव, नवसर्जक साहित्य चौतारी नेपालकी रौतहट उपाध्यक्ष रोशनी यादव, रामप्रसाद साहलगायतले मन्तव्य व्यक्त गरे। उनीहरूले देवकोटाबारे आयोजित यो नवीन कार्यक्रमले नयाँ पुस्ता लाभान्वित हुने र आफ्नो क्षेत्रको महत्व बुझ्न अवसर प्राप्त गर्ने विचार व्यक्त गरे।

यस ऐतिहासिक अवसरमा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमलाई अझ प्रभावशाली बनायो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?