१७ चैत्र २०८१, सोमबार
ताजा खबर

चार निर्माण कम्पनी परे कालोसूचीमा

नागरिक पोष्ट

सोमबार, १० चैत्र २०८१

698 views

698 views

चार निर्माण कम्पनी परे कालोसूचीमा

काडमाडौं, ११ चैत्र । निमानुसार काम नगर्नै चारवटा निर्माण कम्पनि कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ४ निर्माण कम्पनीलाई कालोसूचीमा परेको जनाएको छ । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

जसमा १ निर्माण कम्पनीलाई ३ वर्ष, १ निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य २ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ । कालोसूचीमा परेकाहरु सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रकृयामा भाग लिन पाउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?