११ चैत्र २०८१, मंगलवार
ताजा खबर

कार्यपालिका बैठक बोलाउन वडा अध्यक्षले बुझाए बालेन्द्रलाई पत्र

नागरिक पोष्ट

आईतवार, ९ चैत्र २०८१

341 views

341 views

कार्यपालिका बैठक बोलाउन वडा अध्यक्षले बुझाए बालेन्द्रलाई पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा अध्यक्षहरुले मेयर बालेन्द्र शाह ९बालेन० लाई कार्यपालिका बैठक बोलाउन भन्दै पत्र बुझाएका छन् ।

महानगर प्रवक्तासमेत रहेका १७ नम्बरका अध्यक्ष नवीन मानन्धरलगायत १८ वडाध्यक्षले कार्यपालिका बैठकको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।


महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्य प्रगति शून्य भएकाले गर्दा मेयरलाई कार्यपालिका बैठक बोलाएर त्यसको समीक्षा गर्ने पत्र बुझाएको मानन्धरले खबरहबसँग बताए ।

‘हामीले महानगरमा प्रशासकीय अधिकृत नहुँदा हाम्रो कार्य प्रगति शून्य भयो त्यसको समीक्षा कार्यपालिकामा गरौँ भनेर भनेका हौँ’, मानन्धरले खबरहबसँग भने, ‘कार्यपालिकाबाट समाधानका उपायहरू खोज्न हामीले माग गरेका हौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?