आईतवार, ९ चैत्र २०८१
256 views
256 views
काठमाडौं। चितवनबाट आउँदै गरेको हायस अनियन्त्रित भई थानकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २५ वर्षीया महिला रहेकी छिन् । उनको पहिचान खुल्न सकेको छैन। दुर्घटनामा घाइते भएकी उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा परी चितवनको कालिका नगरपालिका-७ घर भएकी ६८ वर्षीया तारादेवी कुमालको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ ३३ वर्षीया बिन्दु देवकोटा, बिन्दुको छोरा दिब्यन पोख्रेल (डिस्चार्ज भइसकेका), 40 वर्षीया अनिता थापा, ३७ वर्षीय मोहित गुरूङ, २५ वर्षीय सीमा कुमाल, २० वर्षीया कुसुम राई उपचाररत छन् ।