आईतवार, ९ चैत्र २०८१
273 views
273 views
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।
कांग्रेस नेताहरूका अनुसार बैठक कांग्रेस केन्द्रीय कार्यालयमा बसिरहेको छ । बैठक ५ बजेपछि मात्र सुरु भएको हो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका नेताहरू सहभागी भएको नेताहरूको भनाइ छ ।
विकसित राजनीतिक घटनाक्रम, राजावादीको चहलपहल र सरकारका काम कारबाहीको विषयमा छलफल हुने एजेन्डा छ ।
पछिल्लो समय कांग्रेसमा पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायतमा विवाद भएको पाइन्छ । यसबारे पनि बैठकमा छलफल हुने बुझिएको छ ।